राजनीति त सिर्फ जमीनको उर्बरा शक्ति हो।
जुन बाली लगाएनै फल्ने मजाले हो।
विष रोपे विषै उम्रने, अमृत रोपे अमृत नै।
सम्पुर्ण राम्रो नराम्रो श्रेय जाने किसानलाई नै।
विष रोपे विषै उम्रने, अमृत रोपे अमृत नै।
सम्पुर्ण राम्रो नराम्रो श्रेय जाने किसानलाई नै।
खेत जोत्ने स्वार्थी भइदिए, उपभोक्ता सखाप,
पेट टम्म फुलाई हात्ती बनी हिँड्ने मालिक साहब।
दुर्भाग्य! अपराध ती किसान नजानी होइन, गर्छ नियतबस।
लुट्छ जनता, मार्छ सोझा-साझालाई अनायास।
पेट टम्म फुलाई हात्ती बनी हिँड्ने मालिक साहब।
दुर्भाग्य! अपराध ती किसान नजानी होइन, गर्छ नियतबस।
लुट्छ जनता, मार्छ सोझा-साझालाई अनायास।
निमुखा सोच्छन् फल राम्रो र स्वस्थ्य हो।
तर ती फल भित्र शक्ति दिने रस होईन, विष हो।
सेवन गराइ मान्छे मारी, गर्छन् राजनीतिक दुहाई।
सिकारलाई बधाई दिन जहाँ छन् राक्षसलाई पर्खाई।
आयातित विउ र दुषित मानसिकता गर्दैछ जमीनलाई छिन।
फलस्वरुप, जुन बाली लगाएनै कुहिएर हुन्छ भारी ऋण।
जमीन बचाउन, भोकमरी हटाउन र आउदो पुस्ता जोगाउन,
अब छैन् कुनै विकल्प, श्वास फेर्न फेर्नु पर्छ किसान।
1 Comments
बहुत निक और सन्दर्भिक सेहो।
ReplyDelete